नयाँ वर्षका अवसरमा बृद्धाश्रममा सहयोग

पाेखरा | बैशाख १, २०८१

नयाँ वर्षका अवसरमा बृद्धाश्रममा सहयोग

 पोखरा:      हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा आज पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।
    

बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच हेमबहादुर पुन स्मृति प्रतिष्ठानका सदस्य एवम् पूर्व मन्त्री उत्तम बहादुुर पुन, प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुुभएको हो ।
    

कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राधाकृष्ण बृद्धाश्रमले ज्येष्ठ नागरिकको सेवामा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै सहयोग गर्न पाउँदा आँफूहरूलाई खुसी लागेको बताउनुुभयो । गरिब तथा असहायको सहयोगमा आँफू निरन्तर लागिरहेको बताउँदै उहाँले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुुभयो ।
    

हेमबहादुुुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले बृद्धाश्रमको व्यवस्थापन राम्रोसँग चलिरहेको पाइएको बताउँदै सहयोगलाई अवसरमा रुपमा लिएको धारणा राख्नुुभयो ।
    

राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगले बृद्धाश्रम सञ्चालनमा सहयोग पुुगेको बताउँदै आगामी दिनमा यस्तै किसिमको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुुभयो ।
    

कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल आलु लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सामाजिक कल्याण प्रतिष्ठान नेपालका महासचिव सूूर्यप्रसाद बास्तोलाले जानकारी दिनुुभयो ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्